एट्लेटिको म्याड्रिडले उठायो ला लिगाको उपाधी

एजेन्सी, एट्लेटिको म्याड्रिड ला लिगाको उपाधी जित्न सफल भएका छन्। बिगत केही दिन देखि अत्यन्तै प्रतिस्पर्धात्मक भैरहेको ला लिगा अन्त्यमा एट्लेटिको म्याड्रिडले जितेको छ। भालाडोलिडसंँग भएको सिजनको अन्तिम खेल एट्लेटिको म्याड्रिडले २-१ को अन्तरले जिते पछी एट्लेटिको म्याड्रिडले उपाधी उठाउन सफल भएको हो।

बिगत केही दिन देखि अत्यन्तै प्रतिस्पर्धात्मक भैरहेको ला लिगाको उपाधी दौडमा केही दिन आगडी सम्म बार्सिलोना पनि रहेता पनि सेल्टा भिगो संँगको खेल २-१ ले  हारे पछी बार्सिलोना सो दौडबाट बाहिरिएको थियो।

ला लिगाको अंक तालिकामा ८६ अंक सहित शिर्ष स्थानमा रहि एट्लेटिको म्याड्रिडले सो उपाधी जित्न सफल भएको हो। तालिकाको दोश्रो स्थानमा ८४ अंक सहित रियल म्याड्रिड रहेको छ। एट्लेटिको र भालाडोलिडको खेल चलिरहेकै समयमा रियल म्याड्रिड भिलारियलसंँग भिड्डै थियो। सो खेल २-१ को अन्तरले रियल म्याड्रिडले जितेता पनि एट्लेटिको संँगको २ अंकको दुरि कायम नै रहयो। रियल म्याड्रिडले सो खेल जितेको र एट्लेटिको म्याड्रिडले भालाडोलिडसंँग हारेको खण्डमा रियलले उपाधी जित्ने थियो।

यो एट्लेटिको म्याड्रिडको ११ औ ला लिगा उपाधी हो। एट्लेटिको म्याड्रिडले अन्तिम पटक २०१३/१४ को सिजनमा ला लिगाको उपाधी जित्न सफल भएको थियो।२९ गोल सहित लियोनल मेस्सी यो सिजनको सर्वाधिक गोलकर्ता बन्न सफल भएका छन्। बिगत सात सिजनमा पहिलो पटक रियल म्याड्रिड वा बार्सिलोना बाहेक अर्को क्लबले ला लिगाको उपाधी जित्न सफल भएको हो।