एट्लेटिको म्याड्रिडमाथी युभेन्ट्सको जित

च्याम्पियन्स लिगमा युभेन्ट्सले एट्लेटिको म्याड्रिडलाई हराएको छ ।

मंगलबार राति भएको खेलमा सिरि ए क्लब युभेन्ट्सले स्पेनिस क्लब एट्लेटिकोलाई १–० ले हराएको हो ।

युभेन्ट्सका पाउलो ड्याबालाको फ्रिकिक गोल एट्लेटिकोलाई हराउन पर्याप्त बन्यो ।

पहिलो हाफको ईन्जुरी समयमा गोल गर्दै ड्याबलाले युभेन्ट्सलाई जित दिलाएका हुन् ।

अघिल्लो खेलमा आराम गरेको क्रिस्टियानो रोनाल्डोले पुरा ९० मिनेट मैदानमा बिताएका थिए । एटलान्टाविरुद्वको अघिल्लो खेलमा युभेन्ट्सले रोनाल्डोलाई आराम दिएको थियो ।

समूह डीमा युभेन्ट्सले शीर्ष स्थानमा रहँदै अघिल्लो चरण प्रवेश गर्ने निश्चित गर्यो ।

युभेन्ट्सले ५ खेलबाट १३ अंक जोड्यो । एट्लेटिको मड्रिड ७ अंक सहित दोस्रो स्थानमा छ ।

एट्लेटिकोको अघिल्लो चरण प्रवेशको सम्भावना अझै छ । क्लबले अर्को महिना रुसको लोकोमोटिभ मस्कोसंग खेल्नेछ ।

सो खेलमा जित हासिल गरेको अवस्थामा स्पेनिस क्लब समेत नकआउट चरणमा पुग्नेछ ।