एट्लेटिको म्याड्रिडको लज्जास्पद हार

स्पेनिस ला लिगामा एट्लेटिको मड्रिडले स्तब्धपूर्ण नतिजा आत्मसाथ गरेको छ ।

शनिबार राति भएको खेलमा रेलिगेशन जोन नजिकै रहेको ईबरसंग एट्लेटिको मड्रिड २–० ले हारेको छ ।

ईबरले घरेलु मैदानमा पहिलो र दोस्रो हाफमा गोल गर्दै एट्लेटिकोलाई स्तब्ध पार्यो ।

पछिल्लो नतिजाले उपाधि होडमा रहेको एट्लेटिकोलाई धक्का लागेको छ ।

खेलको दशौं मिनेटमा एस्टेबन बर्गोसले गोल गर्दै ईबरलाई अग्रता दिलाएका थिए ।

खेलको अन्तिम समयमा गोल गर्दै एडु एक्सपोजिटोले घरेलु टोलीको जित सुनिश्चित गरेका थिए ।

एट्लेटिको शीर्ष स्थानको रियल मड्रिड र बार्सिलोनासंग अंक दुरी घटाउने मौका गुमाएको छ ।

उसको २० खेलबाट ३५ अंक भएको छ । ईबर २२ अंक सहित तालिकाको १६ औं स्थानमा छ ।

ईबर रेलिगेशन जोन भन्दा मात्र दुई स्थानमा माथि छ ।