एट्लेटिको म्याड्रिडका स्टार साइन गर्न चेल्सी र म्यानचेस्टर युनाइटेड बिच प्रतिस्पर्धा

एट्लेटिको म्याड्रिडका स्टार मिडफिल्डर शाउल निगुएज साइन गर्न दुई प्रिमियर लिग क्लब बिच प्रतिस्पर्धा हुने खबर छ।

एट्लेटिको म्याड्रिडका मिडफिल्डर शाउल निगुएज क्लब छोड्न इच्छुक रहेका छन् भने उनलाई भित्राउने प्रयासमा चेल्सी र म्यानचेस्टर युनाइटेड रहेको जानकारी छ। २६ वर्षका मिडफिल्डरको खेल निकै राम्रो रहेको छ भने उनी हाल युरोपको सबैभन्दा उत्कृष्ट मिडफिल्डहरू मध्ये एक रहेका छन्।

इटालियन ट्रान्सफर विज्ञ फाब्रिजियो रोमानोका अनुसार हाल निगुएज क्लब छोड्न चाहन्छन् र उनलाई साइन गर्न चेल्सी र म्यानचेस्टर युनाइटेड बिच प्रतिस्पर्धा हुन सक्ने छ।

खबर अनुसार निगुएज चेल्सी सँग सम्पर्कमा छन् र उनलाई यो सिजन लोनमा भए पनि साइन गर्ने चेल्सीको योजना छ जसलाई पछि चेल्सीले स्थायी बनाउने छ।

म्यानचेस्टर युनाइटेड पनि उनलाई साइन गर्न इच्छुक रहेको जानकारी छ र शाउल निगुएज सँग युनाइटेडका प्रतिनिधिहरूको वार्ता भएको पनि खबर छ।

एट्लेटिको म्याड्रिडले उनको लागि £४०देखि £५० मिलियन सम्म मग्न सक्ने जानकारी छ भने शाउल निगुएजले कुन क्लब छनौट गर्ने बारे भने कुनै जानकारी छैन।