एट्लेटिको म्याड्रिडका पोर्चुगिज स्टारले क्लब छोड्न सक्ने

ला लिगा क्लब एट्लेटिको म्याड्रिडका पोर्चुगिज स्टार जाओ फेलिक्सले क्लब छोड्न सक्ने चर्चा रहेको छ भने उनी माथि धेरै युरोपियन क्लबहरूको नजर रहेको पनि रिपोर्ट रहेको छ।

एट्लेटिकोले रेकर्ड मूल्यमा फेलिक्सलाई २०१९मा बेन्फिकाबाट £११३ मिलियनमा साइन गरेको थियो तर हाल उनले एट्लेटिकोमा धेरै खेल समय पाएका छैनन् जसको कारण उनी क्लबमा खुसी छैनन् भने उनी क्लब छोड्ने तयारीमा हुन सक्ने जानकारी छ।

यो सिजन डिएगो सिमोनेले आफ्नो स्टार खेलाडी जाओ फेलिक्सलाई धेरै खेल समय दिएका छैनन् भने यो सिजन उनले केवल १६ खेल खेलेका छन् र धेरै जस्तो समय उनी बेन्चमा हुने गरेका छन् र क्लबमा आफ्नो अवस्थाबाट खुसी नरहेको र आउँदो ट्रान्सफर विन्डोमा उनले क्लब छोड्न सक्ने जानकारी छ।

एट्लेटिको म्याड्रिड च्याम्पियन्स लिगको ग्रुप स्टेजबाटै बाहिरिएको कारण पनि फेलिक्स क्लब छोड्न तयार हुने सक्ने जानकारी ।

हाल उनको नाम प्रिमियर लिगका लिभरपुल र म्यानचेस्टर युनाइटेड सँग जोडिएको छ । एट्लेटिको म्याड्रिड भने आफ्नो सुपरस्टारलाई बेच्न अनिच्छुक रहेको छ तर जाओ फेलिक्स क्लबमा खुसी नरहेको स्पष्ट हुँदै आएको छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ