एट्लेटिकोले भित्र्यायो डेम्बेले

स्पेनिस क्लब एट्लेटिको म्याड्रीडले फ्रेन्च फर्वाड मौसा डेम्बेले भित्र्याएको छ ।

फ्रेन्च क्लब लियोनका स्टार खेलाडीले एट्लेटिको म्याड्रीडसंग लोनमा यस सिजनको अन्त्य सम्मको लागि सम्झौता गरेको हो ।

२४ वर्षिय खेलाडीले सेल्टिकबाट लियोन प्रवेश गरे देखि १०८ खेलमा ४५ गोल गरेका छन् ।

एट्लेटिकोले चाहे सिजनको अन्त्य पछि ३५.५ मिलियन युरोमा स्थायी रूपमा भित्र्याउन सकिनेछ ।