एट्लेटिकोमाथी रियलको सहज जित

ला लिगा अन्तर्गत शनिबार भएको म्याड्रिड डर्बीमा रियल म्याड्रिडले एट्लेटिको म्याड्रिडलाई पराजित गरेको छ ।

घरेलु मैदान अल्फ्रेडो डि स्टेफानो रंगशालामा रियलले २-० को जपत दर्ता गर्दा दुवै हाफमा १-१ गोल गर्यो । खेल अवधिभर बल पोसेसन र आक्रमणमा पकड जमाएको रियलले सहरी प्रतिद्वन्द्वी एट्लेटिकोको अपराजित यात्रामा पनि पूर्णविराम लगायो ।

रियल खेलको नवौं मिनेटमा नै अग्रता लिनबाट चुकेको थियो ‌। करीम बेन्जेमाको प्रहार पोस्टमा लाग्दा खेल गोलरहित रह्यो । त्यसको ६ मिनेटपछि नै रियल खेलमा अगाडि बढ्यो ‌। टोनी क्रुसको कर्नरमा क्यासेमिरोले हेडरमार्फत गोल गर्दै एट्लेटिकोको कमजोर डिफेन्सलाई उदांगो पारे ।

लिगमा रक्षात्मक रणनीतिका लागि प्रख्यात एट्लेटिको १ घण्टा बिते लगत्तै दोस्रो हाफमा २-० ले पछि पर्यो । क्रुसको फ्रिकिक क्लियर भएपछि ड्यानी कार्भाहलले २५ यार्ड टाढाबाट शक्तिशाली प्रहार गरे । उक्शत प्रहार पोस्टमा लाग्दै गोलरक्षक अोब्लाकको ढाडमा लागेर गोल भएको थियो ।

यस हारका बाबजुद एट्लेटिको अंक तालिकाको शीर्ष स्थानमा छ । एट्लेटिकोेले ११ खेलमम २६ अंक जोडेको छ । रियल भने १२ खेलमा २३ अंकसाथ तेस्रो स्थानमा रहेको छ ।