एट्लेटिकोबाट न्युकास्टल आएका ट्रिपियर पहिलो खेलमै तल्लो डिभिजनको क्लबविरुद्ध पराजित

इङलिस एफए कप अन्तर्गत सनिबार भएको तेस्रो राउन्डको खेलमा न्युकास्टल युनाइटेडले हार बेहोरेको छ ।

न्युकास्टल युनाइटेडको घरेलु मैदानमा भएको खेलमा तेस्रो डिभिजनको क्लब क्याब्रीज युनाइटेडबिरुद्ध १-० ले पराजित भएको हो ।

यस हारसंगै न्युकास्टल युनाइटेड एफए कपबाट बाहिरिएको छ ।

न्युकास्टलले भर्खरै स्पेनिस क्लब एट्लेटिको म्याड्रिडबाट भित्र्याएका किरियन ट्रिपियरले आफ्नो पहिलो खेलमै यस्तो लज्जास्पद हार बेहोर्न पुगे ।

उनले गत सिजन एट्लेटिकोबाट स्पेनिस ला लिगा जितेका थिए ।