एट्लेटिकोका खेलाडी न्युकास्टल युनाइटेडमा अनुबन्धित

FILE PHOTO: Soccer Football - Spanish Super Cup Final - Real Madrid v Atletico Madrid - King Abdullah Sports City, Jeddah, Saudi Arabia - January 12, 2020 Atletico Madrid's Kieran Trippier in action with Real Madrid's Luka Jovic REUTERS/Waleed Ali/File Photo

स्पेनिस क्लब एट्लेटिको म्याड्रिडका इङलिस डिफेन्डर किरियन ट्रिपियरलाई न्युकास्टल युनाइटेडले भित्र्याएका छन् ।

न्युकास्टलले उनलाई २ वर्ष ६ महिनाको लागि सम्झौता गरेका हुन् ।

न्युकास्टलले आफ्नो वेबसाईटमा उनी भित्र्याएको खबर सार्वजनिक गरेको छ ।

२०१९ मा टोटेन्ह्यामबाट स्पेन पुगेका ३१ वर्षिय राइट ब्याकले एट्लेटिकोका लागि ८३ खेल खेलिसकेका छन् ।

प्रेमिएर लिगमा रेलिगेसन जोनमा रहेको न्युकास्टल युनाइटेडले आफ्नो डिफेन्सिभ लाइन बलियो बनाउन ट्रिपियर भित्र्याएका हुन् ।