एटलेटिको म्याड्रिड बिरुद्ध गोलकिपरले गरे पेनाल्टीबाट गोल

लिग लिडर एटलेटिको म्याड्रिड बिरुद्धको खेलमा इबारले पेनाल्टी पाए पछि निकै इबारले निकै अनौंठो निर्णय लिए। एटलेटिकोका गोलकिपर जान ओब्लाक बिरुद्ध पेनाल्टी लिन इबारका गोलकिपर अघि बढे।

बिहीबार भएको खेलमा इबारले लिग खेलमा एटलेटिकोको सामना गरेको थियो र सो खेलमा इबारको एक मात्र गोल गोलकिपरले पेनाल्टीबाट गरे। धेरै जस्तो खेलमा गोलकिपरले पेनाल्टी हान्ने गर्दैनन्, खेल पेनाल्टी सुट आउटमा पुगेको बेला गोलकिपरले पेनाल्टी लिने मौका पाउने गर्छन तर लिग खेलमा विरलै गोल किपरले पेनाल्टी लिने गर्छन।

१२औ मिनेटमा इबारले पेनाल्टी पाएको थियो र पेनाल्टी लिन इबारका गोलकिपर आएका थिए धेरैको विश्वास छ कि जान ओब्लाकलाई मानसिक दबाव दिन इबार चाल चले। ।

इबारका गोलकिपर डिमित्रोभिकले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए पनि एटलेटिको म्याड्रिडले पछि दुई गोल गर्दै कम ब्याक जित हासिल गरे।