एटलेटिको म्याड्रिडले बार्सिलोनालाइ अदालतमा लैजाने तयारी गर्दै

एटलेटिको म्याड्रिडले बार्सिलोनालाइ एन्टोनी ग्रिजम्यानको समझौताको विषय लिएर अदालतमा लैजाने तयारी गर्दै गरेको खबर आएको छ। El Largueroको अनुसार एटलेटिकोले आफ्नो ला लिगा प्रतिद्वंद्वी बार्सिलोना बिरुद्ध उजुरी हाल्ने तयारी गर्दै छन्।


एन्टोनी ग्रिजम्यानले आफु एटलेटिको छोडेर अर्को क्लब जाने बारे खुलाएका थिए, उनि बार्सिलोना जाने पुष्टि नभए पनि धेरै खबरहरु अनुसार उनको गन्तव्य बार्सिलोनानै हुने खुलेको थियो। तर अहिले खबरहरु छ कि बार्सिलोना र एन्टोनी ग्रिजम्यानको बीच कुरा नोभेम्बरमा भैसकेको र मार्चमा दुइ बीच सम्झौता पनि भैसकेको थियो- त्यो समयमा एटलेटिको म्याड्रिड च्याम्पियन्स लिगबाट नॉक आउट पनि भएको थिएन। र खबर छ कि उक्त कुराको प्रमाण स्वोरुप एटलेटिको म्याड्रिड संग डाकुमेंटरी छ र क्लबले यो कुराको पुरा अध्ययन गर्ने छन् र प्रमाणीत भए एटलेटिको म्याड्रिडले बार्सिलोनालाइ अदालतमा लैजाने छ।