एटलेटिको म्याड्रिडले आर्सेनलका स्टार स्ट्राइकर साइन गर्न सक्ने

एटलेटिको म्याड्रिडले आर्सेनलका स्ट्राइकर साइन गर्न तयारी गरेको खबर छ ।

मार्काको अनुसार डिएगो सिमोनले आर्सेनलका फ्रान्सेली स्ट्राइकर अलेक्सान्ड्रा ल्याकाजेट साइन गर्ने चासो देखाएका छन्।

यद्यपि एटलेटिकोले पेरिस सेन्ट-जर्मेनका एडिनसन कावानीसँग सम्झौता गर्न असफल भए मात्र आर्सेनलका स्ट्राइकर ल्याकाजेटको प्रयास गर्ने खबर छ।

उरुग्वेनले यस गर्मीमा पिएसजी छोड्नेछन उनि उनको सम्झौताको अन्तिम छ महिनामा प्रवेश गरेका छन्।

ल्याकाजेट सिमोनको लागि दोस्रो विकल्प हुने छन्।

यस सत्रमा फ्रान्सेलीका १८ खेलमा ६ गोल छ र उनको सम्झौता आर्सेनल संग २०२१ सम्म छ ।

उनले आफ्नो सम्झौता एक्स्टेन्शनमा हस्ताक्षर गर्न कुनै चासो देखाएका छैनन्, र आर्सेनलले गेब्रियल मार्टिनेली उनको स्थान दिन सक्छन।