“एटलेटिको म्याड्रिडमा गोल गर्न सजिलो छ”

एटलेटिको म्याड्रिडले ला लिगामा आफ्नो चिर प्रतिद्वन्द्वी रियल म्याड्रिडको सामना गर्ने छ र उक्त म्याड्रिड डर्बीको लागि एटलेटिकोका स्टार स्ट्राइकर लुइस स्वारेज तयार छन्।

एस्टोडियो वान्डामा रियल विरुद्ध जित हासिल गर्नेमा पूर्व बार्सिलोना स्ट्राइकर विश्वस्त छन् र सो खेल बारे उनले एक अन्तर्वार्तामा बोले। “रियल म्याड्रिड विरुद्ध सबै खेलहरू विशेष छन्, यो ती खेलहरू मध्ये हो जुनमा तपाईँ खेल्न र प्रदर्शन गर्न चाहनुहुन्छ,” लुइस स्वारेजले ला लिगा सँगको अन्तर्वार्तामा भने।

एटलेटिकोको लागि यो सिजन शीर्ष स्कोरेर बनेको बारे उनले बोल्दै भने: “मेरो जीवनशैली सधैँ प्रतिस्पर्धी हुने रहेको छ,” स्वारेजले थपे।

“म जहिले पनि म देखाउन चाहन्छु कि म के गर्न सक्छु, सुधार गर्ने क्षमता, यो देखाउन कि मेरो लागि राखेका अर्को अवरोधमाबाट म उफ्रन सक्छु।

“म सधैँ कट्टरपन्थी हुँ र म एउटा क्लबमा छु जहाँ धेरै मानिसहरू विश्वास गर्छन् कि धेरै गोल गर्न कठिन छ, तर मेरो वरपरका खेलाडीहरूको गुणस्तरको मद्दतमा एटलेटिको म्याड्रिडमा गोल गर्न धेरै सजिलो छ।”