एटलेटिको म्याड्रिडका स्टार स्ट्राइकर डिएगो कोस्टा आउँदो महिनामा क्लब छोड्न तयार रहेका छन्। अनुभवी स्ट्राइकरको सम्झौता जूनमा समाप्त हुने छ र नयाँ सम्झौताको बारेमा छलफल गर्नमा उनले रुचि देखाएका छैनन्।
Diego Costa will not sign a new contract with Atletico Madrid and could leave the club in January. pic.twitter.com/exnmzZPlAF
— Transfer News (@TransfersLlVE) December 23, 2020
कोस्टा आउँदो जनवरीको विन्डोमा एटलेटिको छोड्न तयार रहने खबर छ भने नापोली, टोटेनह्याम, एभर्टन जस्तो क्लब उनको अवस्थाको अनुगमन गरिरहेका छन्, मुन्डो डिपोर्टिभोले बताए।
कोस्टाले भनेका थिए: “मैले क्लबलाई मेरो भविष्यको निर्णय गर्न दिएको छु। कुनै पनि समयमा म यहाँ समस्याको रूपमा बन्न चाहन्न, यसको विपरितमा। मैले क्लबलाई स्पष्ट पारिदिएको छु। मैले भनेको थिए कि यदि उनीहरूले मलाई बेच्ने छन् भने, म जान्छु, यदि उनीहरू सम्झौता टर्मिनेसन गरेर मलाई स्वतन्त्र हुन दिन चाहन्छन् भने म यो पनि स्वीकार गर्छु।
Ex-Chelsea star Diego Costa ‘to leave Atletico Madrid in January or on free transfer next summer’ https://t.co/2bqaIQaZbd
— The Sun – Chelsea (@SunChelsea) December 23, 2020
उनि आउँदो विन्डोमा नयाँ क्लबमा जाने कुरा छ र सो विन्डोमा उनि क्लब छोड्न असफल भए आफ्नो सम्झौताको अन्त्य पछि फ्री एजेन्टको रुपमा क्लब छोड्ने खबर छ।