एटलेटिको म्याड्रिडका स्टार डिफेन्डर जोसे मारिया गिमेनेज साइन गर्न लिभरपुल इच्छुक रहेको खबर छ ।
खबर अनुसार लिभरपुल उरुग्वेका डिफेन्डर साइन गर्न इच्छुक छन्, र उनलाई डेजन लोभ्रेनको सम्भावित प्रतिस्थापनको रूपमा हेरिन्छ।
अनुभवी खेलाडी लोभ्रेनलाई यस सिजनको अन्त्यमा बिक्री गर्ने खबर छ।
२५ वर्षका जिमेनेजको एटलेटिकोसँग २०२३ सम्म सम्झौता छ र उनको रिलिज क्लज €१२० मिलियन रहेको खबर छ।
कोच डिएगो सिमोन भने उनलाई बेच्न चाहँदैनन र उनलाई क्लब छोड्न बाट रोक्न सबै प्रयास गर्ने खबर छ।