एट्लेटिको म्याड्रिड र रियल म्याड्रिड बीचको डर्बि खेलमा सब्सित्युट हुन परे पछि जाओ फेलिक्स खुसी थिएनन् र अनि धेरै क्रोधित थिए। हाल सो घटनामा अन्य क्लबहरुको ध्यान गएको र उनलाई साइन गर्न प्रयास गर्न उक्त क्लबहरु उच्च सतर्कतामा रहेको डेली मेलले खबर गरेको छ।
Joao Felix’s public frustration with Diego Simeone leaves Inter Milan and Juventus ‘on high alert’ https://t.co/1YylSsxjfr
— MailOnline Sport (@MailSport) December 16, 2020
डेली मेलका अनुसार एटलेटिको म्याड्रिडका युवा स्टार साइनको घटनामा युभेन्टस र इन्टर मिलान जस्तो क्लबको ध्यान आकर्षित भएको छ उनि माथि सो क्लबहरुको निगरानी सुरु भएको खबर छ।
क्याल्सिओमरकाटोले पनि खबर गरेको छ जाओ र एटलेटिकका कोच सिमोन बीच सम्बन्ध धेरै राम्रो हुन सकेको छैन र इटालियन क्लबहरू विश्वास गर्छन् कि उनलाई स्पेनबाट भित्राए पछि उनलाई नयाँ सुरुवात प्रदान गरे उनि अझै उत्कृष्ट हुन सक्छन।
युभेन्टस पनि उनिमा इच्छुक छन् भने उनको लागि डिबाला दिने युभेको प्रयास हुन सक्ने छ। फेलिक्स पनि युभेमा आफ्नो राष्ट्रिय टोलिका सुपरस्टार रोनाल्डो संग खेल्न इच्छुक हुने कुरा छ। इन्टर मिलान पनि उनलाई साइन गर्ने दौडमा हुन सक्ने कुरा छ।