ट्रान्सफर विन्डो अन्त्य हुने केहि समय बाँकि हुँदा आर्सनलले एटलेटिकोका स्टार मिडफिल्डर थोमस पार्टी साइन गरेको छ र सो क्रममा आर्सनलले एटलेटिको संग सम्पर्क नगरी सिधै ला लिगालाई उनको रिलिज क्लज बुझाएको थियो र आफ्नो खेलाडीले क्लब छोड्ने भन्ने खबर एटलेटिकोले ला लिगाबाट प्राप्त गरे।
Diego Simeone ‘very angry’ at Arsenal for ruining Atletico Madrid midfield planshttps://t.co/TV1vddKsEf
— Mirror Football (@MirrorFootball) October 5, 2020
आर्सनलको सो चालले एटलेटिकोका कोच डिएगो सिमोन निकै आक्रोशित भएको कुरा छ र उनले यो सिजन पार्टी संग एटलेटिकोको मिडफिल्डको योजना बनाएका थिए र अन्तिम समयमा क्लबलाई खबर नै नगरी आर्सनलले पार्टीलाई साइन गरे पछि डिएगो सिमोन आक्रोशित भएका छन्।
Atletico Madrid’s statement says La Liga informed them that the release clause for Thomas Partey was paid by Arsenal just 32 minutes before the deadline. Diego Simeone woke up this morning thinking Partey would still be an Atletico Madrid player. pic.twitter.com/ZIGKqmYt0X
— WorldwideArsenal™ (@WorldwideAFC) October 6, 2020
थोमस पार्टी यो विन्डोमा आर्सनलको मुख्य लक्ष्य मध्ये एक थिए र आर्सनलले उनको लागि एटलेटिको संग वार्ता गर्न धेरै प्रयास गरे तर सिमोन उनको बिक्रिको लागि कुराकानी गर्न तयार थिएनन् र रिलिज क्लज तिरे मात्र उनलाई जान दिने कुरा रहेको थियो जुन आर्सेनल तिर्न अनिच्छुक देखा परे पनि विन्डो अन्त्य हुने अन्तिम समयमा क्लबलाई सम्पर्क नगरी आर्सेनलले ला लिगालाई उनको रिलिज क्लज तिरिदिए।
उनको लागि आर्सनलले €५० मिलियन क्लज तिरेको कुरा छ।