एटलान्टा विरुद्ध रोनाल्डोको यस्तो अविश्वसनीय चेस्ट कन्ट्रोल

बुधवार रात भएको कोप्पा इटालियाको फाइनलमा युभेन्टसले एटलान्टालाई २-१ले पराजित गर्दै ट्रफी जितेको थियो। सो खेलमा रोनाल्डोले गोल नगरे पनि उक्त जितमा रोनाल्डोको निकै महत्त्वपूर्ण भूमिका रह्यो।

उक्त जित पछि ५ पटकका बलोन डि’ओर विजेताले आफ्नो नाममा अर्को एक उपलब्धि प्राप्त गरे। सो खेलमा उनले गोल नगरे पनि हाल खेलको समय उनको अविश्वसनीय चेस्ट कन्ट्रोलको भिडियो भाइरल हुँदै गएको छ।

रोनाल्डो उनको निकै उत्कृष्ट र अविश्वसनीय जम्पहरूको लागि प्रख्यात छन् तर उनले एटलान्टा विरुद्धको खेलमा उनले बललाई अविश्वसनीय ‘मिड एयर’ चेस्ट कन्ट्रोल गरे। ३६ वर्षको उमेरमा पनि क्रिस्टियानो रोनाल्डोको सो किसिमको शारीरिक क्षमताले फ्यानहरूलाई चकित गरेका छन्।

हाल उनको उक्त अविश्वसनीय चेस्ट कन्ट्रोलको ‘स्लो-मो’ भिडियो सामाजिक संजालहरुमा भाइरल हुँदै गएको छ। खेलमा उनको उक्त चेस्ट कन्ट्रोल मात्र उनको हाई-लाइट थिएन। खेलको ६० औं मिनेटमा उनले डि-बक्स भित्र आफ्नो टिम मेटलाई निकै उत्कृष्ट ब्याक हिल पास दिए तर उनको टिम-मेटले सो पासलाई गोलमा परिवर्तन गर्न सकेनन् र रोनाल्डो एक अविश्वसनीय असिस्ट गर्नबाट वञ्चित भए।

कोप्पा इटालियाको फाइनलमा युभेन्टसले एटलान्टालाई २-१ ले पराजित गरेको थियो भने। सुभेको जितमा डिजन कुलुसेभस्की र फेडेरिको चिएसाले गोल गरेका थिए।