इङ्गल्यान्डका १० जना खेलाडीलाई जमैकाबाट खेल्न आग्रह

जमैकाले इङ्गल्यान्डका १० जना खेलाडीलाई आफ्नो देशबाट खेल्न आग्रह गरेका छन्।

विश्वकप २०२२ आउन अब केही वर्ष मात्र बाकी रहेको अवस्थालाई मध्यनजर गर्दै जमैकाले यो प्रक्रिया अघि बढाएको हो। वेस्ट ह्यामको स्ट्राइकर एन्टोनियो, लेस्टर सिटीको देमाराइ ग्रे जस्ता खेलाडीलाई जमैकाबाट खेल्न आग्रह गरेका छन्।

डेली  मेलका अनुसार म्याक्स आरन, नथान रेड्मन्ड, एन्द्रि ग्रे, इसियाक हेदन, मेसन होल्गेट, लियाम मोर, केमार रोफ र इभान टोनि आदि खेलाडी हुन।

यी मध्ये सबै खेलाडीले प्रस्ताव स्वीकार गर्ने सम्भावना कम रहे पनि कुनै खेलाडी सहजै स्वीकार गर्ने विश्वास जमैकाको रहेको छ।

प्राय जसो यी खेलाडीहरू सबैको जमैकन पासपोर्ट रहेको छ र नहुने खेला डिले पनि छिटै लिन सक्ने विश्वास जमैकन फुटबल सङ्घले जनाएको छ।

यदि इङ्गल्यान्डले मौका नदेको खण्डमा यी खेला डिले जमैकाको प्रस्ताव स्वीकार गर्न सक्नेछन्।