एग्वेरोले जाँदाजादै दिए म्यान्चेस्टर सिटिका कर्मचारीहरुलाई उपहार

एजेन्सी, हालै म्यान्चेस्टर सिटिबाट बार्सिलोनामा अनुबन्धित भएका सर्जियो एग्वेरोले जाँदाजादै म्यान्चेस्टर सिटिका कर्मचारीहरुलाई उपहार दिएर गएका छन्। रिपोर्टका अनुसार एग्वेरोले क्लबका कर्मचारीहरुलाई एक-एक घडी उपहार दिएका हुन्।

हबलट वा टाग होयरको उक्त एक घडीको मुल्य १००० पाउन्ड रहेको बताइएको छ। उक्त घडीहरुको पछाडि “ग्रासियास! कुन एग्वेरो” अर्थात “धन्यवाद! कुन एग्वेरो” लेखिएको छ। यसका साथसाथै रिपोर्टका अनुसार उनले आफुले हालै किनेको ३०,००० पाउन्ड पर्ने रेन्ज रोवर गाडी पनि चिट्ठा खेलाएका थिए र क्लबको एक कर्मचारीले सो गाडी जित्न सफल पनि भएका थिए।
रिपोर्टका अनुसार उनले क्लबका कर्मचारीहरुका लागि उपहारमा नै ९०,००० पाउन्ड भन्दा बढी खर्च गरेका छन्। उनी २०११ मा लालिगाको क्लब एट्लेटिको म्याड्रिडबाट ३५ मिलियन पाउन्डमा सिटिमा अनुबन्धित भएका थिए।