एग्युरो १० हप्ता मैदान बाहिर रहने

एजेन्सी, बार्सिलोना स्ट्राइकर सर्जियो एग्युरो चोट बोकेको छ । एग्युरोलाई पिंडौलामा चोट लागे पछि १० हप्ता मैदान बाहिर रहने ला लिगा क्लबले जनाएको छ ।

उनी यसै सिजन इंग्लिस क्लब म्यान्चेस्टर सिटिबाट बार्सिलोना दुई बर्ष सम्झौतामा आएका हुन ।

सिटिको १० बर्ष बसाइमा उनी क्लबको सर्वाधिक गोलकर्ता बन्न सफल भएको हो । उसले ३९० खेलमा २६० गोल गरेका थिए ।

त्येस्तै, एग्युरोले गत महिना अर्जेन्टिनाबाट कोपा अमेरिका उपाधी समेत जितेको थियो ।