एग्युरोले क्लब छोड्ने भए पछि सिटिको नजर यी चार स्ट्राइकर माथि

एजेन्सी, म्यान्चेस्टर सिटिको स्ट्राइकर सर्जियो एग्युरोले सिटि छोड्ने भए पछि क्लबको नजर अन्य स्ट्राइकरमा परेको छ। प्रशिक्षक पेप गुआर्डिओलाले चार जना स्ट्राइकरलाई प्राथमिकतामा रहेको छ।

गुआर्डिओलाले यो सिजन लिग जिते पनि टोलिलाई थप मज्बुद गर्न चाहेको हो। उन्को नजर बोरुसिया डोर्ट्मुण्डको एर्लिङ हलान्ड, इन्टर मिलानको लौटारो मार्टिनेज, टोटेन्हमको ह्यारी केन र फ्रान्क्फर्टको एन्ड्रे सिल्भामा रहेको छ।

एग्युरोले दश बर्ष क्लबमा बिताए पछि यो सिजनको अन्त्यमा क्लब छोड्ने घोषणा गरिसकेका छन।

केन लिभरपुलका सालाहसंग गोल्डेन बुटका लागि भिड्दै छन। दुबै जनाको २१ गोल रहेको छ।

हलान्डले जारी सिजन २६ बुन्डेस्लिगा खेलमा २५ गोल गरेका छन। त्येस्तै मार्टिनेजले ३६ लिग खेलमा १६ गोल गर्दै लिग जिताउन महत्त्वपूर्ण भुमिका खेले।

एन्ड्रे सिल्भाले ३० बुन्डेस्लिगा खेलमा २५ गोल गर्दै पाँचौ स्थानमा फ्रान्क्फर्टलाई पुराउन सफल भएको छ।

हलान्डलाई भित्र्याउन सिटिले मोटो रकम खर्चिनु पर्ने हुन्छ। केनको पनि मूल्य £१५० मिलियन रहेको छ। सिल्भा र मार्टिनेज भने त्येती महँगो हुने छैन।