एक दशकभन्दा बढी समय पछि मार्सेलोले रियल छोड्दै

मार्सेलोको रियल म्याड्रिडसँगको सम्झौता अन्त्य हुने नजिकै रहेको छ, क्लबमा उनले एक दशकभन्दा बढी समय बिताएका छन्। ३३ वर्षीयको सम्झौता जूनमा समाप्त हुन्छ, र लस ब्लान्कोसले उनी सँग सम्झौता नवीकरण नगर्ने देखा परेको छ र उनी क्लब छोड्न बाध्य हुने छन्।

खबर अनुसार स्टार लेफ्ट ब्याकको रियल यात्रा २०२२को जून महिनामा अन्त्य हुने छ। उनको नयाँ गन्तव्य भने ब्राजिलियन क्लब हुने जानकारी छ। खबर अनुसार उनलाई साइन गर्न दुई ब्राजिलियन क्लब इच्छुक रहेको छ र उक्त दुई क्लब फ्लुमिनेन्स र बोटाफोगो रहेको छ।

मार्सेलो आफ्नो करियरको बाँकी वर्ष आफ्नै राष्ट्रमा खेलेर बिताउन चाहन्छन् र अन्य युरोपियन क्लबमा सामेल नहुने उनको निर्णय रहेको जानकारी छ।

मार्सेलोले क्लबका लागि ५३२ खेल खेलेका छन्, आफ्नो आइडल रोबर्टो कार्लोसको ५२७ खेलको रेकर्ड तोड्दै उनी रियल म्याड्रिडका लागि धेरै खेल खेल्ने दोस्रो विदेशी खेलाडी बनेका छन्, उनी मात्र बेन्जेमा भन्दा पछि छन् जसको ५७४ खेले रहेको छ।