एक गोलको अग्रता जोगाउन नसक्दा रोहित चन्दको टिम पर्सिजा बराबरीमा रोक्यो

इण्डोनेसियाको शीर्ष डिभिजन लिगमा रोहित चन्दको टिम पर्सिजा भयंकरसँग १-१ को बराबरीमा रोकिएको छ।

प्याट्रिअट स्टेडियममा भएको खेलमा पर्सिजाले एक गोलको अग्रता जोगाउन सकेन । २८ औंँ मिनेटमा क्रोएसियाडी फरवार्ड मार्को सिमिचले गोल गर्दै पर्सिजालाई अग्रता दिलाएका थिए ।तर खेलको ४१ औं मिनेटमा भयंकरका लागि एन्डरसन साल्लेसले गोल गर्दै खेल बराबरीमा पुर्‍याए ।

दोस्रो हाफमा कुनै गोल हुन नसकेपछि दुवै टिमले १-१ अंक बाँढेका छन् । भयंकर १२ खेलबाट १७ अंकसहित सातौं स्थानमा छ भने पर्सिजा सात खेलबाट ८ अंक बनाउँदै १७ औं स्थानमा छ ।

इण्डोनेसियाको लिगमा जम्मा १८ वटा टिम छन् । पर्सिजा पुछारबाट दोस्रो स्थानमा छ । आजको खेलमा रोहित चन्द पूरै समय मैदानमा थिए ।

-उजालो अनलाइन