`एक खेलाडीमा निर्भर छैन बार्सिलोना’ : मेसी

बार्सिलोनाको यस सप्ताहमा निराशाजनक नतिजापछि क्लबका कप्तान लियोनल मेसीले टिम विश्वस्तरीय भएकाले एक खेलाडीमा निर्भर नहुनु पर्ने बताएका छन् ।

स्पेनिस ला लिगाअन्तर्गत बार्सिलोना घरेलु मैदान क्याम्प नोउमा बार्सिलोनासँग १–१ को बराबरीमा रोकिएको थियो । उक्त खेलमा वैकल्पिक खेलाडीको रुपमा दोस्रो हाफमा मैदान प्रवेश गर्दै मेसीले एकमात्र गोलमा असिस्ट गरेका थिए । केहि संचार माध्यमले मेसीबिना बार्सिलोना सफल हुन नसक्ने धारण व्यक्त गरेपछि मेसीले यस्तो अभिव्क्यति दिएका हुन् ।

प्रशिक्षक एर्नेस्टो भालभेर्डेले मेस्सी र मिडफिलडर सर्जिओ बुस्केटलाई बेच्नमा राख्ने निर्णय गरेका थिए । यस निर्णयप्रति क्लब समर्थकहरुले उनको आलोचना समेत गरेका थिए । प्रशिक्षक भालभेर्डेले वेम्बलीमा टोटनह्याम हटस्परविरुद्ध बार्सिलोनाको कठिन च्याम्पियन्स लिग खेललाई ध्यानमा राख्दै यस्तो निर्णय लिएका थिए । मेसी आफैं पनि यो निर्णयमा खुसि भने थिएनन् ।

यद्यपी उनले टोलीमा उनको अनुपस्थितिले खासै असर नपर्ने बताए । ‘टिममा राम्रो गुण र क्षमता छ । राम्रो नतिजाका लागि एक व्यक्तिमाथि निर्भर हुनुपर्ने अवस्था छैन,’ उनले थपे, ‘नतिजा राम्रो रहेन । तर, टिमलाई अगाढी बढाउन र प्रगती गर्न जारी राख्नु पर्नेछ । खेल जित्नका लागि एक खेलाडीमाथि निर्भर हुनु भएन ।’

बार्सिलोनाले च्याम्पियन्स लिगमा बुधबार टोटनहमको सामना गर्दैछ । पछिल्लो खेलमा बार्सिलोनाले पीएसभीलाई हराएको थियो भने टोटनहम इन्टर मिलानसँग पराजित भएको थियो ।