“एक खराब सीजनले रियलको इतिहास मेटाउन सक्दैन”- मार्सेलो

रियल म्याड्रिडका अनुभवी खेलाडी मार्सेलोले भनेका छन् कि एक खराब सीजनले समयको परिभाषित गर्न सक्दैन भनेर।रियल बेतिस संगको हार पछि उनले भने कि “म विश्वास गर्छु कि रियल फेरी उत्कृष्ट क्लब बन्ने छ, रियलले कहिले हार मान्दैन। हामी सबै जान क्लबको लागि लड्ने छौ”
“हामीले हालैका वर्षहरूमा सबै प्रतियोगिताहरु जितेका छौ, एक खराब सीजनले रियलको इतिहास मेटाउन सक्दैन”
“हामी सबैले क्लबको खराब स्तिथिको दोष लिन पर्ने छ, हाम्रो सुरुवात खराब रह्यो र खराब तरिकाले समाप्त भयो।”
“हामी हरेक शीर्षकको लागि लड्न चाहन्छौं, यो एक कठिन सिजन थियो, मेरो लागि यो व्यक्तिगत तरिकाले धेरै कठिन थियो”
हामीले प्रशंसकहरूलाइ खुसि बनाउन सबै प्रयास गरे, त्यो सम्भव भएन।”
“अर्को सिजनमा हामी पुरा प्रयास गर्ने छौ र पुरानो गल्ति दोहोराउने छैनौ” – मार्सेलो