एकै खेलमा रेफ्रिले १७ कार्ड देखाए पछि

एजेन्सी । स्पेनिस रेफ्रि एनटोनियो लहोजले शनिबार बार्सिलोना र इस्पान्योलबिचको खेलमा १५ पहेलो कार्ड देखाए । बराबरी सकिएको खेलमा रेफ्रिले १५ पहिलो कार्ड सहित २ रातो कार्ड देखाएको थियो ।

पहिलो हाफको सुरुआतमा अलन्सोले बार्सिलोनालाई अग्रता दिलाए पछि रेफ्रिले खेललाई नियन्त्रणमा राख्न पहिलो हाफमा ४ पहिलो कार्ड देखाएको थियो ।

दोस्रो हाफमा रेफ्रि लहोजले इस्पान्योललाई पेनाल्टी प्रदान गरे पछि खेल झनै तनावग्रस्त बन्यो ।

उनले ६ मिनेट भित्र पाँच वटा पहिलो कार्ड र दुईटा रातो कार्ड प्रयोग गर्न बाध्य भयो ।

बार्सिलोनाका जोर्डी अल्बा रेफ्रिसंग वादविवाद गरेको भन्दै पहिलो कार्ड देखाए । पहेलो कार्ड पाएको अल्बा फेरि विवादमा उत्रिए पछि रेफ्रिले दोहोरो पहिलो कार्ड देखाउदै रातो कार्ड देखाए ।

उता, इस्पान्योलका भिनिसियस सौजालाई दोहोरो कार्ड सहित रातो कार्ड देखाएका थिए । दुबै टोलिका एक एक खेलाडिले रातो कार्ड पाए पछि १०-१० खेलाडिमा सिमित भएको थियो ।

त्यस्तै, इस्पान्योलका अर्का खेलाडि लिआन्ड्रो काब्रेराले बार्सिलोनाका लेवान्डोस्कीको टाउकोमा बुट प्रहार गरेको भन्दै रातो कार्ड देखाए । तर, भिएआरले उक्त निर्णयलाई सच्च्याउन सुझाव दिए पछि रातो कार्डको निर्णय फिर्ता लिइएको थियो ।

यस्तै, खेलको अन्तिम समयमा रेफ्रिले बार्सिलोनाका मुख्य प्रशिक्षक जाभी र विंगर राफिन्हामाथि पहिलो कार्ड प्रयोग गरे । दुबैले रेफ्रिको निर्णय प्रती असन्तुष्टि जनाएका थिए ।

लहोजले खेल अवधिभर १७ कार्ड प्रयोग गर्नु पर्यो । उनै लहोजले विश्व कपको क्वाटरफाइनल खेलमा होलाण्ड र अर्जेन्टिनाबिचको खेलमा समेत १५ वटा कार्डको प्रयोग गरिएको थियो ।

विश्व कपको खेल पछि अर्जेन्टिनाका मार्टिनेज र मेस्सीले रेफ्रिको प्रदशनलाई लिएर आलोचना गरेका थिए । फिफाले त्यस खेल पछि रेफ्रि लहोजलाई अरु खेल खेलाउने जिम्मेवारीबाट पछि हटाइएको थियो ।