एकै खेलमा मोड्रिचको दोहोरो रेकर्ड

एजेन्सी, युरोपियन च्याम्पियनसिप समूह डिको अन्तिम खेलमा क्रोएसियाले स्कटल्याण्डलाई ३-१ गोल अन्तरले हराउदै अन्तिम १६ मा स्थान बनाए। क्रोएसियाको जितमा भ्यासिक, मोड्रिच र पेरिसिचले एक एक गोल गरे।

उक्त खेलमा मोड्रिचको गोलमा क्रोएसियाले अग्रता बनाएको थियो। कोभासिचको पासमा उत्कृष्ट गोल गरे। चेल्सी मिडफिल्डरले मिलाइ दिएको बलमा मोड्रिचले खुट्टाको बाहिरी भागबाट प्रहार गरेको बलले सोझै जाली चुमेको थियो।

उन्को गोलसंगै क्रोएसियाका लागि युरो कपमा गोल गर्ने सर्वाधिक कान्छो र जिठो खेलाडी बने।

सन २००८ युरोमा अस्ट्रियाबिरुद्ध गोल गर्दा उनी २२ बर्ष र २७३ दिनका थिए। त्यस्तै स्कटल्याण्डविरुद्ध गोल गर्दा उनी ३५ बर्ष र २८६ दिनका थिए।

स्कटल्याण्डबिरुद्धको खेलमा उन्ले आफ्नो देशका लागि अर्को रेकर्ड पनि आफ्नो नाममा पारे। युरो कपको ३ छुट्टाछुट्टै संस्कर्णमा गोल गर्ने पहिलो क्रोएसियन खेलाडी पनि बन्न सफल भए। उन्ले (२००८, २०१६ र २०२१) संस्करणमा गोल गर्न सफल भएका छन।