एकै खेलमा पुलिसिचको दुइटा रेकर्ड

एजेन्सी, अमेरिकन विङ्गर क्रिस्टियन पुलिसिचले चेल्सी र रियल मड्रिडबिचको च्याम्पियन्स लिग अन्तर्गत पहिलो सेमिफाइनल खेलमा अग्रता दिलाए तर खेल भने १-१ गोलको अवस्थामा सकियो।

मगंलबार राती खेलेको खेलमा पुलिसिचले दुइटा रेकर्ड आफ्नो नाममा राख्न सफल भयो। क्रिस्टियन पुलिसिच च्याम्पियन्स लिग सेमिफाइनलमा गोल गर्ने पहिलो अमेरिकन खेलाडि बन्न सफल रह्यो भने च्याम्पियन्स लिगमा पाँच गोल गर्ने पहिलो अमेरिकन खेलाडि बने।

एन्टोनियो रुडिगरको उत्कृष्ट पासलाई सदुपयोग गर्दै किपर कोर्ट्वालाई बिट गर्दै गोल गरे।

पुलिसिचले जारी च्याम्पियन्स लिगमा आठ खेलमा दुई गोल र एक अस्सिस्ट गरिसकेका छ्न।