“एकदिन रियल म्याड्रिडको कोच बन्न चाहन्छु”

अर्जेन्टिनाका कोच मौरिसियो पोचेटिनोले आफु रियलको प्रशंसक रहेको स्पष्ट गरेका छन्। पिएसजीमा जानु अघि उनको नाम रियल संग धेरै जोडिएको थियो र हाल उनले रियल म्याड्रिडको कोच बन्न आफ्नो चाहन बारे बोलेका छन्।

“खेलाडीको रूपमा म्याड्रिडमा खेल्ने चाहना थियो तर यो पुरा भएन,” पोचेटिनोले ए एस संगको अन्तर्वार्तामा भने।

“यो सधैं मेरो उद्देश्य थियो एक दिन रियल म्याड्रिडको लागि खेल्ने तर सपना साकार भएन, तर ठीक छ, एक दिन म रियल म्याड्रिड कोच बन्न चाहन्छु।

 

अर्जेन्टिनाको कोच पनि बन्ने सपना छ, किनकि म मेरो छातीमा अर्जेन्टिनाको झण्डा लिएर जन्मिएको थिएँ। फुटबलमा ती दुई चीजहरू हुन् जुन म प्राप्त गर्न चाहन्छु ‘, ”पोचेटिनोले भने।

हाल पोचेटिनो पिएसजीमा छन् र उनको टिममा नेमार र एम्बाप्पे जस्तो खेलाडीहरु छन् र आफ्नो निर्णय प्रति उनी खुसी छन्।