एएफसी यू-१९ : नेपालले पाकिस्तानलार्इ ९-० ले हरायो

एएफसी यू-१९ छनोट च्याम्पियनसिपमा नेपाल दोस्रो चरणमा प्रवेश गरेको छ । समुह चरणको अन्तिम खेलमा नेपालले पाकिस्तानलाई ९-० ले पराजित गर्दै नेपाल दोस्रो चरणमा प्रवेश गरेको हो ।

थाईल्याण्डको चोनबरी रंगशालामा भएको खेलमा नेपालले पहिलो हाफमा तीन गोल गरेको थियो भने दोस्रो हाफमा थप ६ गोल गर्न सफल भयो । नेपालको जितका लागि निशा थोकरले ह्याट्रिक गरिन भने मञ्जली योञ्जन, सम्झना लावती, एलिशा जिम्बा, पुजा राना र सरु लिम्बुले गोल गरेका थिए ।

खेलको दोस्रो मिनेटमा मञ्जली योञ्जनको गोलबाट नेपालले अग्रता लिएको थियो । त्यस्तै खेलको ३२ औ मिनेटमा सम्झना लावतीले गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन् । ३८ औ मिनेटमा एलिशा जिम्बाले नेपालका लागि तेस्रो गोल गरिन् ।
दोस्रो हाफमा नेपालले थप आक्रमक खेल पस्कियो ।पाकिस्तानलाई खेल अवधिभर दबाबमा राखेको नेपालका लागि चौथो गोल पुजा रानाले गरिन् । ४८ औ मिनेटमा कर्नरबाट आएको बललाई उनले पोस्टको दिशा दिईन् ।

त्यसको ६ मिनेटपछि गोलकिपर बिट भएको अवस्थामा उनले ब्यक्तिगत दोस्रो गोल गरिन् । ५७ औ मिनेटमा निशा थोकरले सेकेन्ड बार च्याम्दै फ्रिकिकबाट गोल गरिन् । उनैले ७४ औ मिनेटमा पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ७-० को स्थितीमा पुर्याएकी थिईन् ।

८५ औ मिनेटमा पेनाल्टीमा गोल गर्दै निशाले ह्याट्रिक पुरा गरेकी थिईन् । खेल सकिन एक मिनेट बाँकी छदाँ कप्तान सरु लिम्बुले गोल गर्दै नेपाललाई फराकिलो जित दिलाईन् । अघिल्लो खेलमा दुई गोल गरेकी रेखा पौडेलको स्थानमा एलिसा जिम्बालाई मैदान उतारेको थियो ।