एएफसी कपमा आज मनाङ र ढाका अबहानी भिड्दै; खेल कति बजे? पूरा जानकारी

एएफसी कप फुटबलमा नेपालको लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबले आज बंगलादेशको ढाका अबहानी लिमिटेडसँग प्रतिस्पर्धा गर्दैछ ।

ढाकास्थित बंगबन्धु स्टेडियममा हुने खेल नेपाली समय अनुसार बेलुका साढे ५ बजे सुरु हुनेछ । घरेलु टोलीविरुद्ध मनाङलाई हारको बदला लिने योजनामा हुनेछ ।

यसअघि गत अप्रिलमा काठमाडौंमा भएको खेलमा मनाङ अबहानीसँग १–० ले पराजित भएको थियो । तर, मनाङ घरेलु टोलीलाई उसैको मैदानमा पराजित गर्ने दाउमा हुनेछ ।

त्यसका लागि मनाङलाई सुधारिएको प्रदर्शन अनिवार्य शर्त बन्नेछ । अघिल्लो खेलमा अवहानीलाई दबाबमा राख्नुका बाबजुत गोल गर्न नसक्दा मनाङले हार ब्यहोरेको थियो ।