एउटै खेलमा रेफ्रीले १० खेलाडीहरूलाई रातो कार्ड दिए पछि 

अर्जेन्टिनामा एक रेफ्रीले एउटै फुटबल खेलमा सबैभन्दा धेरै रातो कार्ड देखाएर नयाँ कीर्तिमान बनाएका छन् ।

रेफ्री फाकुन्डो टेलो, जो कतार विश्वकपमा अफिसिङ गर्न जाने रेफ्रीहरू मध्ये एक हुन्, एकै खेलमा १० खेलाडीहरूलाई रातो कार्ड दिँदै चर्चामा एक छन्।

अर्जेन्टिनामा ट्राफीको च्याम्पियन्स फाइनल खेलमा रेसिङ क्लबले बोका जुनियर्सको सामना गरेको थियो र उक्त खेल तनावपूर्ण हुन पुगे पछि रेफ्रीले एउटै फुटबल खेलमा १० पटक रेड कार्ड देखाए र हाल सो घटना धेरै भाइरल हुँदै गएको छ।

अतिरिक्त समयमा पुगेको खेलमा अन्तिम मिनेटमा रेसिङ क्लबका कार्लोस अल्भारेजले हेडर गोल गर्दै टोलीलाई जित दिलाए भने उनले बोका फ्यानहरू प्रति लक्षित गर्दै सेलेब्रेसन गरे पछि दुई टिम बिच तनाव सिर्जना हुन पुगेको थियो।

अविश्वसनीय रूपमा, बोकाका सात खेलाडीहरूले उक्त खेलमा रातो कार्ड पाए, जबकि रेसिङ क्लबका तीन खेलाडीले रातो कार्ड पाएका थिए जसमा अन्तिम गोल कर्ता कार्लोस अल्भारेज पनि रहेका छन्।

हाल उक्त तनावपूर्ण खेलको भिडियो सामाजिक संजालमा निकै भाइरल हुँदै गएको छ भने रेफ्री फाकुन्डो टेलोलाई विश्वकपमा हेर्न फ्यानहरू आतुर रहेका छन्।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ