उल्भ्सको मुख्य प्रशिक्षकमा लोपेटेगुई

एजेन्सी । इंग्लिस क्लब उल्भ्सले मुख्य प्रशिक्षकमा जुलेन लोपेटेगुई नियुक्त गरेको छ । उल्भ्स लामो समय देखि मुख्य प्रशिक्षकको खोजीमा रहेको थियो ।

रियल म्याड्रिडका पुर्व प्रशिक्षक समेत रहेको लोपेटेगुईले विश्व कप पछि मात्र टोलि सम्हाल्ने क्लबले जनाएको छ ।

क्लबका कार्यबाहक प्रशिक्षक स्टिभ डेभिसलेनै उल्भ्सका दुई लिग खेल र कराबाओ कपमा निरन्तरता दिने समेत बताएको छ ।

अक्टोबर २ मा ब्रुनो लार्जलाई बर्खास्त गरे पछि प्रशिक्षक विहिन भएको थियो । क्लबको पहिलो प्रस्ताव पारिवारिक कारण देखाउदै टुक्राएको लोपेटेगुई दोस्रो प्रस्ताव भने स्विकारेका छन् ।

प्रिमियर लिगमा उल्भ्स रेलिगेसन क्षेत्रमा रहेको छ । उसले १३ लिग खेलमा २ जित, ४ बराबरी र ७ हार खेल्दै तालिकामा १९ औं स्थानमा रहेको छ ।