उल्भ्सको पोस्टमा सिटिको ४ गोल

एजेन्सी, इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले सहज जित निकालेको छ ।

मंगलबार राति भएको खेलमा सिटीले उल्भ्सलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा सिटीलाई जित दिलाउन गाब्रियल जिससले दुई गोल गरे ।

रियाद महरेजले एक गोल गर्दा एक गोल आत्मघाती उपहार पाएको थियो ।

उल्भ्सका कोर्नर कोएडीले एक गोल फर्काउदा लिन्डर डेनडोनकरले आत्मघाती गोल गरे ।

खेलको १५ औं मिनेटमा लिन्डरको आत्मघाती गोलबाट सिटीले अग्रता बनाएको थियो ।

खेलको ५६ औं मिनेटमा कोएडीले गोल गर्दै उल्भ्सलाई १-१ गोलको बराबरीमा फर्काए ।

तर, ८० औं मिनेटमा जिससले गोल गर्दै सिटीलाई २-१ को अग्रता दिलाए ।

९० औं मिनेटमा महरेजले गोल गर्दा सिटीको अग्रता ३-१ को पुग्यो ।

त्यसपछि खेलको इन्न्जुरी समयमा जिससले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ४-१ को जित दिलाए ।

यससँगै सिटीले सबै खाले प्रतियोगितामा गरि लगातार २१ औं जित निकाल्न सफल भएको छ ।

जितसँगै सिटीले लिगमा दोस्रो स्थानको म्यानचेस्टर युनाईटेडविरुद्ध १५ अंकको अग्रता समेत बनाएको छ ।

सिटीले २७ खेलमा ६५ अंक जोडेको छ ।

२६ खेलमा युनाईटेडको ५० अंक रहेको छ ।

उल्भ्स ३४ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।