उल्भरह्याम्टन यूईएफए युरोपा लिगको समूह चरणमा

उल्भरह्याम्टनले यूईएफए युरोपा लिगको समूह चरणमा स्थान बनाएका छन् । प्लेअफको अन्तिम खेलमा टोरीनलाई २-१ ले हराउँदै समग्रमा ५-३ को गोलको जितले युरोपा लिगको समूह चरणमा स्थान सुरक्षित बनाउँन सफल भएको हो।

पहिलो लेग ३-२ ले जितेको उल्भ्सले बिहीबार राति भएको दोस्रो लेगमा २-१ को जित निकाल्यो। घरेलु मैदानमा भएको खेलको ३० औं मिनेटमा जिमिनेजले गोल गर्दै उल्भ्सलाई अग्रता दिलाएका थिए।

पहिलो हाफमा १ गोलको अग्रता बनाएको उसले ५७ औं मिनेटमा बराबरी गोल खायो । जसमा टोरीनोका बेलोटीले गोल गर्न सफल भए । त्यसपछि ५८ औं मिनेटमा डेनडोन्केरले गोल गर्दै उल्भ्सलाई दुई एकको जित दिलाए ।

यो सँगै उल्भ्सले युरोपा लिगको ड्र मा समावेश भएको छ । उ रहेको पोर्टमा म्यानचेस्टर युनाइटेड, आर्सनल, सेल्टिक र रेञ्जर्स रहेका छन् ।