उपाधी जितिसकेपछि कासेमिरोले खेलमा एक असन्तुष्ट क्षणको गुनासो गरेपछि

इङलिस क्लब म्यान्चेस्टर युनाइटेडले आइतबार राती धेरै पछि पहिलो उपाधी उचाल्न सफल रह्यो ।

काराबाओ कपको फाइनलमा न्युकास्टल युनाइटेडलाई २-० ले हराउदै म्यान्चेस्टर युनाइटेडले उपाधी हात पारेको थियो ।

उक्त खेलमा कासेमिरो र राश्फोर्डले एक एक गोल गरेका थिए ।

गोलकर्ता कासेमिरोले खेल सक्किएपछि ब्रुनो फर्नान्डेसलाई खेलमा गोल गर्ने सुनौलो मौका हुदाहुदै पास नदिएको गुनासो पोखेको देख्नसक्छौ ।

खेल सक्किएर रमाइरहेको बेला कासेमिरोले ब्रुनो फर्नान्डेसलाई आफ्नो उक्त क्षणको असन्तुष्टि देखाएको थियो ।

कासेमिरोले यस सिजन उत्कृष्ट प्रदर्सन गर्दै म्यान्चेस्टर युनाइटेडलाई राम्रो लयमा ल्याउन ठुलो योगदान गरेको छ ।