उपाधिमा जित्ने हिमालय शेर्पाको लक्ष्य

घरेलु फुटबलमा हिमालयन शेर्पा ईतिहास धेरै लामो छैन । ए डिभिजन लिगमा उनले सन् २००६ बाट पाईला राखेको हो ।
तर घरेलु फुटबलमा हिमालयन शेर्पाको प्रयोग बेजोडको छ । राम्रा विदेशी खेलाडीलाई घरेलु लिग फुटबलमा भित्राउने श्रेय समेत हिमालय शेर्पालाई जान्छ । भलै उसले घरेलु फुटबलमा कहिल्यै उपाधिमा दाबेदारिता प्रस्तुत गर्न सकेन ।

सहभागिताको पहिलो बर्षमै उसले लिग फुटबलमा दोस्रो स्थान हात पारेको थियो । त्यसपछि क्लबले कहिल्यै त्यो सफलतालाई भेट्याउन सकेन । तर, बदलिदो परिवेशसंगै हिमालयन शेर्पा लिगको दाबेदारको रुपमा अगाडी आउने लक्ष्य बनाएको छ । लिग फुटबललाई लक्षित गरेर उसले छुट्याएको बजेट त्यसैको संकेत गर्छ ।

हिमालय शेर्पाले यस बर्ष लिगकालागि करिब २ करोडको बजेट खर्च गर्ने तयारी गरेको छ । त्यही आधारमा करिब ४ बर्षपछि हुन लागेको लिगमा उपाधिमा चुनौती दिने उसको योजना छ ।

‘एक पटक दोस्रो भएको क्लवको अवको लक्ष्य पहिलोनै हुने हो ।’ क्लबका कार्यवहाक अध्यक्ष गोम्बु शेर्पा भन्छन् । राष्ट्रिय टिमबाट खेलेका अनुभवी खेलाडी र तीन विदेशी खेलाडीको भरमा लिगमा उत्कृष्ट प्रर्दशन गर्ने हिमालय शेर्पाको तयारी छ ।
मोफसलमा उत्कृष्ट प्रर्दशन गरेको केही खेलाडी, विदेशी र राष्ट्रिय टिमका खेलाडीलाई समावेश गर्दै हिमालयन शेर्पाले टिम तयार गरेको छ ।

एक समयका स्टार स्ट्राईकर अमर डंगोल र गोल मेसिन कर्ण लिम्बुलाई लिग फुटबलमा हिमालयन शेर्पाको जर्सीमा देख्न पाईनेछ ।