उपाधिको लागि नेपाल र हङकङ भिदै्

मलेसियामा जारी एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा नेपाल र हङकङ प्रतिस्पर्धा गर्दै छन्। क्वालालम्पुरको किनरारा मैदानमा जारी खेलमा  नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ।

सोमबार भएको सेमिफाइनलमा आयोजक मेलेसियालाई ७ विकेटले पराजित गरी नेपाल फाइनलमा प्रवेश गरेको हो।

इस्टर्न रिजनको यस छनोट प्रतियोगिताको उपाधि जितेमा नेपाल आगामी अगस्ट, सेप्टेम्बरमा श्रीलंकामा हुने एसीसी यू-१९ एसिया कपमा छनोट हुनेछ।