एजेन्सी । विश्व कपको उद्घाटन खेलमा पराजित हुने कतार पहिलो आयोजक राष्ट्र बनेको छ । आइतबार राती भएको खेलमा कतार आफ्नो पहिलो खेलमा इक्वेडरसंग २-० गोलले पराजित हुँदै हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।
इक्वेडरका इनर भ्यालेन्सियाको दुई गोलमा कतारले पहिलो हार बेहोरेको हो ।
पछिल्लो, चार आयोजक राष्ट्रले विश्व कपका उद्घाटन खेल अपराजित रहेका थिए ।
विश्व कप आयोजना गर्न मोटो रकम खर्चेका राष्ट्रको खेल प्रदशन सन्तोषजनक थिएन ।
कतारले आफ्नो दोस्रो खेल खेल सेनेगलसंग नोभेम्बर २५ मा खेल्नेछ ।