उत्कृष्ट फरवार्ड, मिडफिल्डर, डिफेन्डर र गोलकिपरको मनोनयन सार्वजनिक; को को परे?

बार्सिलोनाका फरवार्ड लियोनल मेस्सी र इटालियन क्लब युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डो च्याम्पियन्स लिगको उत्कृष्ट फरवार्ड अवार्डका लागि मनोनित भएका छन् ।

युरोपियन फुटबलको सर्वोच्च निकाय युएईएफएले बिहिबार सार्वजनिक गरेको च्याम्पियन्स लिगको उत्कृष्ट तीन फरवार्डमा मेस्सी र रोनाल्डो परेका हुन् । यस्तै अवार्डका लागि च्याम्पियन्स लिग विजेता लिभरपुलका साडियो माने पनि मनोनयनमा परेका छन् ।

यस्तै मिडफिल्डर अवार्डका लागि टोटेनहमका क्रिस्टियन एरिक्सन, बार्सिलोनाका फ्रेन्की डी जोङ र लिभरपुलका जोर्डन हेन्डरसन परेका छन् ।

उत्कृष्ट डिफेन्डर अवार्डका लागि लिभरपुलका भिर्गिल भान डायक, ट्रेन्ड आर्नोल्ड र युभेन्ट्सका म्याथिस डी लिग्ट परेका छन् ।

गोलकिपरमा लिभरपुलका एलिसन बेकर, टोटेनहमका ह्युगो लोरिस र बार्सिलोनाका मार्क टेर स्टेगन अटाएका छन् ।
युएईएफएले विजेताको घोषणा आगामी अगष्ट २९ मा सार्वजनिक गर्नेछ ।