उत्कृष्ट प्रदान बाबजुद सन्दिपले बचाउन सकेनन् आफ्नो टिम लाई

सन्दीप लामिछानेको उत्कृष्ट बलिङका बाबजुद सेन्ट किट्स एण्ड नेभिज प्याट्रोयट्स गुयाना वारियरसँग ६ विकेटले पराजित भएको छ।

प्याट्रोयट्सले दिएको १४७ रनको लक्ष्य पछ्याएको गुयानाले १६.३ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो।

गुयानाका लागि शिमरन हेटम्यारले सर्वाधिक ७९ रन बनाएका थिए भने क्रिश ग्रीनले २५ र जासन मोहमदले १६ रन बनाएका थिए। प्याट्रोयट्सका लागि सन्दीप र सेल्डान कोट्रेलले २-२ विकेट लिएका थिए। प्याट्रोयट्सका सन्दीप बाहेक अन्य बलर निकै महंगा साबित भएका थिए।

सन्दीपले भने सिपिएलमा आफ्नो डेभ्यु खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा केबल १२ रन दिएर २ विकेट लिएका थिए। सन्दीपले आफ्नो पहिलो बलमा नै वेस्टइन्डिजका चडविक वाल्टनलाई ९ रनमा र चौथो ओभरको दोस्रो बलमा जासन मोहमदलाई १६ रनमा आउट गरेका थिए।