इङलिस प्रेमिएर लिग अन्तर्गत बुधबार राती भएको खेलमा म्यान्चेस्टर युनाइटेडले जित दर्ता गरेको छ ।
गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले टोटनह्यामलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
म्यानचेस्टर युनाइटेडको जितमा फ्रेड र ब्रुनो फर्नानडेजले एक एक गोल गरेका हुन् ।
दुवै गोल खेलको दोस्रो हाफमा भएका हुन् । यस खेलमा क्रिस्टियानो रोनाल्डो खेलेका थिएनन् ।
यो जितपछि म्यानचेस्टर युनाइटेडको १० खेलमा १९ अंक भएको छ र लिगमा पाँचौ स्थानमा रहेको छ ।
त्यस्तै टोटनह्यामले भने यो हारपछि दोस्रो स्थानमा उक्लिने अवसर गुमाएको छ । टोटनह्यामको ११ खेलमा २३ अंक छ र लिगमा तेस्रो स्थानमा रहेको छ ।