उत्कृष्ट प्रदर्शन गर्दै आइरहेको लेस्टरमाथी लिभरपुलको फराकिलो जित

इंग्लिस प्रिमियर लिगमा साविक विजेता लिभरपुलले सहज जित निकालेको छ ।

आइतबार राति भएको खेलमा लिभरपुलले लेष्टर सिटीलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

एनफिल्डमा जोनी इभान्सको आत्मघाती गोलबाट २१ औं मिनेटमा लिभरपुलले अग्रता बनाएको थियो ।

खेलको ४१ औं मिनेटमा जोटाले गोल गर्दै लिभरपुलको अग्रता २-० को बनाए ।

त्यसपछि खेलको ८६ औं मिनेटमा फिर्मिन्होले गोल गर्दै लिभरपुललाई ३-० को जित दिलाए ।

जितसँगै लिभरपुल लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

लिभरपुलले ९ खेलमा २० अंक जोडेको छ ।

लेष्टर १८ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।