उत्कृष्ट पुनरागमनसंगै स्पेनलाई हराउदै फ्रान्सले जित्यो उपाधी

फ्रान्सले स्पेनमाथि २–१ को जित निकाल्दै नेसन्स लिगको उपाधि जित्न सफल भएको हो ।

फ्रान्सलाई च्याम्पियन बनाउन करिम बेन्जेमा र केलियन एमबाप्पेले गोल गरे । स्पेनका मिकेल ओयरजावालको गोल सान्त्वना बन्यो । सबै तीन गोल दोस्रो हाफमा भएको थियो ।

गत जुन–जुलाईमा सम्पन्न युरोकपमा कमजोर प्रदर्शन गरेको फ्रान्सले प्रशिक्षक डिडियर डेसच्याम्पको नेतृत्वमा दोस्रो उपाधि जित्न सफल भएको होे । यसअघि फ्रान्सले २०१८ मा विश्वकपको उपाधि जितेको थियो ।