“उत्कृष्ट टिम भएर पनि च्याम्पियन्स लिग जित्ने ग्यारेन्टी हुँदैन”- रोनाल्डो नाजारियो

ब्राजिलियन लेजेण्ड रोनाल्डोले फुटबलका सुपरस्टार मेस्सीको पिएसजी क्यारियरबारे एक अन्तर्वार्तामा बोलेका छन् र मेस्सीले पिएसजी सँग च्याम्पियन्स लिग जित्ने उनको विश्वास छ तर मेस्सीलाई साइन गरेर मात्र च्याम्पियन्स लिग जित्ने ग्यारेन्टी नहुने भनेर पिएसजीलाई उनले चेतावनी दिएका छन्।

“यो वर्ष च्याम्पियन्स लिग कसले जित्छ भनेर हाल अनुमान गर्नु धेरै चाँडो हुने छ,” ‘रोनाल्डोले डायरियो एएस सँग कुरा गर्दै भने।

“मैले रियल म्याड्रिड को लागी लगभग पाँच सिजनको लागी खेले, गालाटिकोस टिममा र मैले च्याम्पियन्स लीग कहिल्यै जितेको छैन। जीत कहिल्यै गणितीय हुँदैन, तपाईँ सँग उत्कृष्ट टिम भए पनि र यो कुरा पिएसजीमा पनि लागू हुन्छ।

“म आशा गर्दछु कि मेस्सीले पेरिसको आनन्द लिने छन्,” रोनाल्डोले बताए । “मलाई थाहा छैन कि यो अनौठो छ कि छैन तर हामी सबै उनलाई एम्बाप्पे र नेमार सँग खेलेको देखेर उत्साहित छौँ।

“यदि उनीहरू अहिले च्याम्पियन्स लिग जित्दैनन् भने उनीहरू यो जित्न सक्दैनन्। मलाई लाग्छ कि मेस्सीले पीएसजीसँगै च्याम्पियन्स लिग जितेर बार्सिलोनामा फेरी गएर सन्यास लिनेछन्।”