उत्कृष्ट खेलाडीको अवार्ड रोनाल्डोले अस्वीकार गर्दै लिवान्डोस्कीलाई दिन आग्रह गरेको खुलासा

क्रिस्टियानो रोनाल्डोले आफ्नो ग्लोब सकर ‘प्लेयर अफ द यर’ पुरस्कार बायर्न म्युनिखका स्टार रोबर्ट लिवान्डोस्कीलाई दिएको खबर छ।

खबर अनुसार दुबईमा २०२०को उत्कृष्ट खेलाडीको अवार्ड क्रिस्टियानो रोनाल्डोले जित्ने कुरा थियो तर ३५ बर्सका सुपरस्टार र उनको एजेन्ट जर्ज मेन्देसले सो अवार्ड अस्वीकार गर्ने निर्णय लिएका थिए।

रोनाल्डोले यो अनुचित ठाने र आफ्नो लोकप्रियताको आधारमा मात्र यो उनले जितेको सोचको साथ उनको विश्वास थियो कि यो बर्स सो अवार्डको योग्य विजेता रोबर्ट लिवान्डोस्की हुन्।

रोबर्ट लिवान्डोस्कीले २०२०मा ५५ गोल गरेका छन् भने उनले आफ्नो क्लबलाइ गत सिजन च्याम्पियन्स लिगको साथ ट्रेबल जित्न मद्दत गरेका थिए।