ईरानलाई ट्रम्पले सर्वनाश गरिदिने धम्की

हाल दुई राष्ट्र इरान र अमेरिका बीच तनाब बढिरहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू इरानसँग युद्ध नचाहेको बताएका छन् । यद्धपी उनले इरानले युद्ध चाहे इरानलाई पूरै बर्बाद बनाएर छोडिदिने धम्की दिएका छन् ।

ट्रम्पले एनबिसीसँग कुराकानी गदै अमेरिकाले वार्ता गर्न चाहेको खुलाएका छन् । तर आफूहरुले इरानलाई परमाणु हतियार विकास गर्न नदिने पक्षमा रहेको पनि ट्रम्पले स्पष्ट पारेका छन् ।

ईरानमाथि अमेरिकाले हमला गरे धेरै मानिसहरूको ज्यान    जाने पनि ट्रम्पको चेतावनी दिए । पछिल्लो समय इरानले अमेरिकी ड्रोन खसालेको कारण इरान र अमेरिकाबीच तनाब बढेेको हो।