ईपीएल टुंग्याउन क्लब तयार

MANCHESTER, ENGLAND - MAY 06: The Premier League Trophy on display prior to the Premier League match between Manchester City and Huddersfield Town at Etihad Stadium on May 6, 2018 in Manchester, England. (Photo by Michael Regan/Getty Images)

इंग्लिस प्रिमियर लिग (ईपीएल) को यो सिजन टुंग्याउन माथिल्लो डिभिजनका क्लब शुक्रबार तयार भएका छन् । क्लबको बैठकले जुन ३० सम्म लिग सकाउने समय सीमा भने तोकेका छैनन् ।

कोरोना भाइरस संक्रमणका कारण मार्च १३ देखि लिगका खेल हुन सकेका छैनन् । यस्तोमा लिग टुंग्याउने मिति तय गर्न २० क्लबमाथि दबाब थियो । लिगमा अझै ९२ खेल बाँकी छन् ।

लिगको यो सिजन टुंग्याउन सकेन भने १ अर्ब पाउन्ड बराबरको नोक्सानी हुने हुनाले सबै क्लब बाँकी खेल खेल्न तयार भएका हुन् । बेलायत मे ७ सम्म लकडाउन रहेको हुनाले सबै क्लब स्थिति सुधार हुने प्रतीक्षामा छन् ।

@Kantipur