ईपीएलको खेलतालिका सार्वजनिक

आउँदो मार्च १४ बाट सुरु हुने एभरेष्ट प्रिमियर लिग(इपीएल) को खेलतालिका सार्वजनिक भएको छ । खेलमा देशका प्रमुख ६ सहरहरुलाई प्रतिनिधित्व गदै ६ वटा टोलीले खेल्नेछन् ।

यस खेलमा काठमाडौं किंग्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स, विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स,र ललितपुर प्याट्रियट्स गरी ६ टोली सहभागी हुनेछन् ।

त्रिवि क्रिकेट मैदानमा हुनेको प्रतियोगिताको उद्घाटन खेलमा पोखरा राइनोज र ललितपुर प्याट्रियट्सबीच हुनेछ ।यस वर्षको ईपीएलमा स्टार खेलाडीहरुको उपस्थिति हुनेछ ।

यस वर्ष काठमाडौं किंग्स इलाभेनबाट केभिन ओ’ब्रायन, पोखरा राइनोजबाट क्रिस गेल, केस्रिक विलियम, हसिम आम्ला, जर्ज मुन्से, चितवन टाइगर्सबाट मोहम्मद शाहजाद, पल स्टर्लिङ, भैरहवा ग्लाडिएटर्समा ड्वाने स्मिथ र ललितपुर प्याट्रियट्सबाट उपल थारङ्गा, हमाद आजम, हसन खान र मिर हाम्जा अनुबन्धित भएका छन् ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ